‘शेरबहादुरजी सोझो हुनुहुन्छ, परिवारभन्दा बाहिर देख्नुहुन्न’

|

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारबादमा रमाएको आरोप लगाएका छन्। 

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको बताएका हुन्। 

‘प्रचण्डको बारेमा धेरै भन्नु छैन। युवाहरुलाई भावनामा बगाएर अनेक गतिविधि गर्नुभयो। सहिदका परिवारको अवस्था के छ? तपाइँलाई त आफ्नै परिवार सुम्सुम्याएर बस्दा ठिक भएको छ। किन जनयुद्धका थोत्रा कुरा गर्नुहुन्छ।’उनले भने, ‘तपाइँले जम्मा गरेर भत्ता कुम्ल्याएर अयोग्य लडाकु भनेर हटाइएको होइन।’ 

स्कुलबाट थुतेर लगेका युवाहरुको अहिलेको अवस्था कस्तो छ फर्केर हेर्न ओलीले आग्रह गरे। 

‘तपाईंले पढाइ बिगारेका युवाहरु के गर्दैछन्? तीनको नाममा तपाइँले भत्ता लिएको होइन। आज के हालतमा छन् उनीहरु? तिनीहरूको बारेमा सोच्नुभयो? सबै नाटक तपाईंको’ उनले भने।  

चुनावको मुखमा पुल, अस्पताल, बाँध बनाउने भनेर जनताको आँखामा छारो हाल्न खोजेको उनले बताए। 

यस्तै, उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्नो परिवारभन्दा बाहिर केही नदेख्ने टिप्पणी गरे। 

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुरजी सोझो हुनुहुन्छ। सत्ता आफन्त चिन्नुहुन्छ। अरु त्यति धेरै मतलब पनि छैन उहाँलाई।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.