|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले आफूसँग सहमति नगरी नेपालको राजनीतिमा केही नहुने भन्ने गरेको कुरा स्मरण गरेका छन्। 

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो अभिभावक भएर दिशा निर्देश गरेको बताए। 

उनले भने, ‘पञ्चायत स्थापनाको पहिलो वक्तव्यको ड्राफ्टकर्ताको हैसियतदेखि निरंकुशताविरुद्ध संघर्ष गरेको अनुभव उस्तै छ। संविधानसभा भित्र उहाँले खेलेको भूमिका रंगीन लाग्छ। उहाँसँग कुरा गर्दा हरेक कुरा प्रचण्डसँग गर्नुपर्छ भनिराख्नुहुन्थ्यो। प्रचण्डसँग सहमति नगरी देशको राजनीतिमा केही हुन्न भन्नुहुन्थ्यो। मेरो अभिभावक भएर कहीँ न कहीँ दिशा निर्देशजस्तो गर्नुहुन्थ्यो।’

उनले शान्ति सम्झौतापछि पनि माओवादीप्रति अझै भ्रम फैलिरहेको समेत बताए। युद्धले शान्ति ल्याएर लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.