|
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत डेंगुका बिरामी (फाइल तस्वीर)।

काठमाडौं : डेंगुबाट आज २ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा डेंगुबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी डेंगुका बिरामी थपिएका छन्। १५ सय ८६ जना डेंगुका बिरामी थपिँदा कुल बिरामीको संख्या २१ हजार ३ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ। 

डेंगुका सबैभन्दा बढी बिरामी बागमती प्रदेशमा रहेका छन्। बागमतीमा १६ हजार २ सय ३६ जना डेंगुका बिरामी छन्। कर्णाली प्रदेशमा सबैभन्दा थोरै २ सय २९ जना डेंगुका बिरामी रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.