|
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

आगामी निर्वाचनमा प्रत्यक्ष तर्फको सिट बाँडफाँडका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो। 

बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहाकार गोबिन्द परियारले थाहाखबरलाई जानकारी दिए। गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटका लागि डेढ महिना अघि कार्यदल गठन गरिएको थियो। 

दिनहुँजसो बैठक बसेर छलफल गरे पनि नेताहरु सहमतिमा पुग्न सकेका छैनन्। 

प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा दलहरूको बढी दाबी परेपछि सहमति जुट्न नसकेको नेताहरुले नै बताउने गरेका छन्।

गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले बढी सिट लिने अडान नछोडेपछि सत्ता साझेदार अन्य तीन दलका शीर्ष नेताले छुट्टै छलफल गरेका छन्। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.