|

धनकुटा : धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटा नगरपालिका–६ पात्लेका ५७ वर्षीय राजबहादुर राई रहेका छन्।

घरको फर्निचर बनाउने क्रममा शुक्रबार दिउँसो लाइन सर्ट हुँदा उनलाई करेन्ट लागेकोे थियो। करेन्ट लागेर घाइते भएका राईको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।

राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। उनी काठको मिस्त्री काम गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.