|

काठमाडौं : टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन्।

लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन्। २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन्। पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन्।

सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोए। १७ हजार ५ सय समर्थकमाझ फेडेररले सन्यास लिएका थिए। उनी रोए।

सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका फेडेररले पहिलोपटक २००३ मा ग्रान्डस्लाम उपाधि विम्बल्डन टेनिस जितेका थिए। फेडेररले ८ विम्बल्डन, ६ अष्ट्रेलियन ओपन, ५ यूएस ओपन र १ फ्रेन्च ओपन जितेका छन्।

फेडेररका श्रीमती मिर्का पनि टेनिस खेलाडी हुन्।  उनीहरुका दुई जुम्ल्याहा बच्चा छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.