|

काठमाडौं :  कतार विश्वकपको उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकपको तयारीका स्वरुप खेलेको मैत्रिपुर्ण खेलमा होन्डुरसलाई ३–० ले पराजित गरेको छ। जितसँगै अर्जेन्टिनाले ३४ खेल सम्म आफ्नो अपराजित यात्रा जारी राखेको छ।

मेस्सी चम्किएको खेलमा मियामीस्थित हार्ड रक स्टेडियममा अर्जेन्टिनाले आफ्नो उत्कृष्ट प्रदर्शन गरेको थियो। १६औं मिनेटमा मेस्सीको सहयोगमानै लोउटारो मार्टिनेजको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मेसीले पेनाल्टी मार्फत टिमको अग्रता दोब्बर बनाए।

उनले दोस्रो हाफमा पनि आफ्नो रवाफिलो प्रदर्शन कायम राखे ६९औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे। इन्जो फर्नान्डेसको पासलाई मेसीले गोल गरेका थिए। अब अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेलमा जमैकासँग बुधबार बिहान न्यु जर्सीमा प्रतिस्पर्धा गर्ने छ।

दुई पटकको विश्व च्याम्पियन अर्जेन्टिना कतार विश्वकपको समूह सी मा रहेर पोल्यान्ड, मेक्सीको र साउदी अरेबियाविरुदद्ध प्रतिस्पर्धा गर्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.