|

काठमाडौं मिसेस मंगोल नेपालको आठौं संस्करणको विजेता नुवाकोटकी सम्झना तामाङ भएकी छन्। निर्णायकको प्रश्नमा सटिक जवाफ दिँदै उत्कृष्ट दशलाई उछिन्दै उनले विजेताको रुपमा चाँदीको ताज पहिरिएकी हुन्।

हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा बुधबार सम्पन्न विवाहित मंगोलियन समुदायका महिलाहरूको सो सौन्दर्य प्रतियोगितामा अन्जना पयाब्गु लिम्वुफस्ट रनर अप तथा शर्मिला बलामी सेकेन्ड रनर अप हुन सफल भएका छन्।

चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक, आत्मविश्वास अभिवृद्धिलगायत विविध विषयमा प्रतियोगीहरूले तालिम लिएका थिए। कार्यक्रममा सवटाइटल अवार्डहरू पनि वितरण गरिएको थियो।

जसमा विजेता सम्झना तामाङ बेस्ट फोटोजेनिक त्यसैगरी फस्ट रनर अप अन्जना पयाब्गु लिम्वुले मोस्ट स्मार्ट र सेकेन्ड रनर अप शर्मिला बलामीले मोस्ट कन्फिडेन्ट, रोजी ब्लोन मोस्ट एक्टिभ, सविना मगर मोस्ट डिलिजेन्ट, सुमित्रा श्रेष्ठ मोस्ट करिज्म्याटिक, सुस्मा तामाङ्ग मोस्ट चार्मिङ्ग,

रमिता महर्जन बेस्ट कम्प्लेक्सन र अमृता सुब्बा बेस्ट पर्सनालिटि, मोस्ट पपुलर, त्यस्तैगरी पब्लिक च्वाईस भिडियो अवार्ड सबटाईटल हात पार्न सफल भएका थिए। कार्यक्रमका निर्णायकहरूमा चर्चित मोडल तथा नायक यसराज गराज, फेसन डिजाइनर सुक्मिता चौलागाई, मिसेस ग्लोबल नेपाल २०२२ निता लिब्देन, ब्युटिसियन नेपाल २०१९ हेमा पुन मगर र मिस नेपाल आइडल २०१९ निब्मा ल्हमु शेर्पा रहेका थिए।

लाइफ ओके टिभीबाट सम्प्रेषित सो कार्यत्रमको फोटोग्राफी भिडियोग्राफी कुवेर तामाङले गरेका थिए। कार्यक्रममा त्रिशक्ति नृत्य समूहबाट आकर्षक नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुतीहरू प्रस्तुत गरिएको थियो भने मोडल तथा नायक दिक्पाल कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए।

विविध मौलिक सांस्कृतिक पहिरनहरूमा सजिएका प्रतियोगीहरूले आ–आफ्नो मौलिक भाषाको समेत प्रयोग गर्दै रोचक तरिकाले परिचयात्मक चरणमा आफुलाई प्रस्तुत गरेका थिए।

साथै कोरियोग्राफर हिमानिकै कोरियोग्राफिमा विशेश नृत्य प्रस्तुत गरेका थिए। विवाहित मंगोलियन समुदायका महिलाहरूको कार्यक्रम भएकाले प्रश्न–उत्तर चरण तथा क्राउनिङ्ग चरणमा समेत प्रतियोगीहरूले सांस्कृतिक झल्को दिने पहिरन लगाएका थिए।

प्रतियोगीहरूले विवाहित मंगोलियन समुदायका महिलाहरू घरभित्र मात्र हैन स्टेजमा पनि सुन्दरता र बौद्धिकता दुवैमा अव्वल छन्भनी प्रमाणित गरेका थिए। “कला, संस्कृति, भाषा, भेषभ्षा र मौलिकता संरक्षण अभियान, मिसेस मंगोलनेपालको एक अलग पहिचान।”

भन्ने भनाइका साथ सम्पन्न सो कार्यक्रम विवाहित मंगोलियन समुदायका महिलाहरूको कला संस्कृति प्रवर्द्धन एवं क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.