|

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा  तर्फ आयोगमा बुझाएको समानुपातिक बन्दसूची सार्वजनिक भएको छ। ​

बन्दसूचीमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणादेखि गृहमन्त्री बालकृष्ण खाण पत्नी मञ्जु  खाणसम्मको नाम समाविष्ट छ।

यस्तै ​पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठको नाम पनि बन्दसूचीमा छ भने वर्तमान सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार पनि समानुपातिकबाटै चुनाव लड्ने भएका छन्।

त्यसैगरी पूर्वराष्ट्रपति डा रामवरण यादवका छोरा डा चन्द्रमोहन यादवको नाम पनि बन्दसूचीमा रहेको छ।  त्यसैगरी कांग्रेस प्रवक्ता प्रकाशशरण महत र पूर्वमन्त्री रोमी गौचन थकाली पनि समानुपातिक सूचीमा रहेका छन्।

यसैगरी प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारलाई पनि समानुपातिक सूचीमा राखिएको छ। त्यस्तै नेता अर्जुननरसिंह केसीका भाइसमेत रहेका डा केदारनरसिंह केसी, देउवानिकट केन्द्रीय सदस्य अब्दुल सतारको नाम पनि बन्दसूचीमा छ। त्यस्तै लेखा समितिका पूर्वसभापतिसमेत रहेका भरत शाहकी पत्नी अनिता ढुंगाना शाहको नाम पनि बन्दसूचीमा राखिएको छ।

समानुपातिकतर्फको बन्दसूचीको विषयलाई लिएर कांग्रेसमा असन्तुष्टि चुलिएको छ। उक्त सूची बुझाएसँगै नेता डाक्टर शेखर कोइराला समूह पार्टी सभापति शेरबहादुर देउवासित थप चिढिएको हो। समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर संस्थापन इतर पक्षका १३ जना मात्र छन्।

संस्थापन इतर पक्षबाट डा‍. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन्।​​

आफ्नो पक्षका नेता बन्दसूचीमा  नपरेपछि  सोहीविरुद्ध शनिबार काठमाडौंमा शेखर समूहले खबरदारीसभा आयोजना गर्‍यो। देउवालाई सामानुपातिक सूची सच्याउन दबाब दिन उक्त सभा आयोजना गरिएको थियो। आफूहरूप्रति न्यायोचित भागबन्डा हुनुपर्ने यो समूहको माग छ।

निर्वाचनमा  ४० प्रतिशत भाग नपाए विद्रोह गर्ने यो समूहले चेतावनी दिँदै आएको छ। 

यता निर्वाचन आयोगले भने बन्दसूची सच्याउने समय आजसम्मका लागि दिएको छ। 

 

हेर्नुहोस् नाम

 ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.