|

३ खेलको टी-२० सिरिजको निर्णायक खेलमा भारत र अस्ट्रेलिया आइतबार साँझ ७ः३० प्रतिस्पर्धा गर्दै छन्।

सिरिज १-१ को अवस्थामा रहेकाले हैदराबादमा जित निकाल्ने टिमले सिरिज कब्जा गर्नेछ। भारतीय भूमिमा अस्ट्रेलिया निरन्तर हाबी हुँदै आएकाले भारत यो पटक अस्ट्रेलियाको रवाफ तोड्न चाहन्छ।

पछिल्लो पटक भारतले सन् २०१३ मा अस्ट्रेलियाविरुद्ध सिरिज जितेयता सिरिज जित्न सकेको छैन। त्यसपछि २०१७ मा भएको टी-२० सिरिज १-१ को बराबरीमा सकियो। पछिल्लो पटक सन् २०१९ मा भएको टी-२० सिरिजमा अस्ट्रेलिया २-० ले विजयी भएको थियो।

जारी सिरिजको मोहालीमा ​भएको पहिलो खेलमा अस्ट्रेलियाले १-० को जित निकाल्दा दोस्रो खेलमा भारतले नागपुरमा ६ विकेटको जित हासिल गरेको थियो। त्यसैले आइतबारको खेलमा जित निकाल्ने टिमले सिरिज जित्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.