शताब्दीपुरुष सत्यमोहन जोशीको हेरचाहका लागि एकजना नर्स खटाउने

|

काठमाडौं : सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रूपैयाँ भत्ता दिने निर्णय गरेको छ।

असाेज ७ गते बसेकाे मन्त्रिपरिषद बैठकले राईलाई मासिक ५० हजार भत्ता दिने निर्णय गरेको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेलले जानकारी दिए।

सरकारले यसअघि राईलाई सहज जीवनयापनका लागि मासिक २५ हजार दिँदै आएको थियो। सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ।

थर्ड मिनिस्टेरियल कन्फ्रेन्स अन रिजनल इकोनोमिक को-अपरेशन एण्ड इन्ट्रिगेशन इन एशिया एण्ड द प्यासिफिकमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई स्वीकृति दिने, राष्ट्रिय सतर्कता केन्द्र सतर्कता प्रहरी तेस्रो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने, क्यानडाको ओटावामा २०७९, असोज १९/२० मा हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वीकृति दिने लगायत निर्णय मन्त्रिपरिषदले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.