|

रौतहट : ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरले चाडपर्वलाई लक्षित गरी आइतबारबाट संयुक्तरूपमा बजार अनुगमन गर्न शुरू गरेको छ। ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, चन्द्रपुर नगर उद्योग वाणिज्य संघ र उपभोक्ता हित संरक्षण मञ्च रौतहटले संयुक्त रुपमा बजार अनुगमन थालेको हो।

चाडपर्वको समयमा अत्यधिक व्यापारसँगै अखाद्य वस्तु बिक्री गर्ने, मूल्य बढाउने प्रवृत्ति भएकाले विशेष अनुगमन गर्ने प्रचलन रही आएको छ। सोही अनुसार यो वर्ष पनि विशेष अनुगमन सुरू गरेको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयाँलले जानकारी दिएका छन्।

यता रौतहटको बजारमा म्याद गुज्रिएको तथा अखाद्य बस्तुको बिक्री वितरण बढेको गुनासो बढेपछि बजार अनुगमन थालिएको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टिका घिमिरेको भनाई रहेको छ।

आईतबार गरिएको बजार अनुगमनमा चन्द्रपुरका केही पसलबाट म्याद नाघेका समग्री फेला परेको ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत फुयाँलले जानकारी दिए।

आईतबार बजार अनुगमनमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटालगायत पत्रकारहरुको सहभागिता रहेको थियो। चाडबाडका बेलामा उपभोक्ता म्याद गुज्रिएको सामाग्री किन्नु नपरोस् र चर्को मूल्य तिर्नु नपरोस् भन्ने उद्देश्यका साथ बजार अनुगमनलाई निरन्तरता दिइने इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.