|

सल्यान : सल्यानमा चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय सल्यानले बजार अनुगमन शुरु गरेको छ। दशैं नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको अनुगमन बजार शुरु भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-१ स्थित सल्लीबजारमा बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा ९ पसलबाट म्याद नाघेका र लेवल नभएका  अनुमानित ३१ हजार ८ सय रूपैयाँ बराबरको उपभोग्य वस्तु नष्ट गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामचन्द्र केसीले जानकारी दिए।

दशैं तिहारजस्ता ठूला चाडपर्व आउँदै गर्दा बजारमा ठूलो मात्रामा म्याद गुज्रिएका सामान बिक्री वितरणका लागि आएको हुनसक्ने भएकाले उपभोक्ताको स्वास्थ्यलाई मद्देनजर गर्दै बजार अनुगमन शुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। म्याद गुज्रिएका, लेवल नभएका सामाग्री जहाँ फेला पर्छ त्यहीँ नै नष्ट गरिँदै आएको उनको भनाई छ।

प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा गरिने यस्तो अनुगमन भने प्रभावकारी हुन सकेको छैन। बजार अनुगमन देखावटी लागि मात्र भएको उपभोक्ताको आरोप रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.