|

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्वप्रधानमन्त्री वामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो भूल गरेको बताएका छन्।

नेपालगञ्मा आइतबार पत्रकारहरूसँगको कुराकानीमा नेता गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको उक्त भूललाई राष्ट्रपतिले जीवनभरि पश्चाताप गरेर पनि सुधार्न नसक्ने बताए।

सर्वोच्च अदातले कारण देखाऊ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाऊ आदेश सर्वोच्च अदालतले माग्नुको अर्थ राष्ट्रपतिको शीर झुक्नु हो। र झुक्यो पनि। जसले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, तिनीहरुले राष्ट्रपतिलाई अपमान गर्न र समाप्त गर्नका निम्ति भूमिका खेलेका छन्,’ उनले भने,‘आफूलाई समाप्त गर्न लागेको कुरा राष्ट्रपतिले ख्याल नै गर्नु भएन।’

नेता गौतमले एक पटक फर्काएको विधेयक सदनले फेरि राष्ट्रपतिसमक्ष पठाइसकेपछि प्रमाणीकरण गर्नुभन्दा अर्को विकल्प नभएको गौतमले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.