|

काठमाडौं : पाकिस्तानले चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डलाई पराजित गरेको छ।

कराँचीमा आइतबार राति  घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो। जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २–२ को बराबरी गरेको छ।

पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र लियाम डसनले समान ३४ रन बनाए। बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन जोडे। पाकिस्तानका मोहमद नवाज र हरिस राउफले ३–३ विकेट लिए। मोहमद होस्नेनको नाममा २ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो। पाकिस्तानका लागि मोहमद रिजवानले ८८ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ रन बनाए।

इंग्ल्यान्डका रिसी टोप्लेले २ तथा लियाम डसनले १ विकेट लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.