|

जनकपुरधाम : नेकपा (एमाले) का केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। 

जनकपुरधाममा सोमबार पार्टी परित्यागको घोषणा गर्दै यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गर्ने घोषणा गरेका हुन्। 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादव एकाएक पार्टी परित्याग गरी जसपामा प्रवेश गर्न लागेका हुन्। दुई दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट थिए। 

पार्टीले आफूले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको अवमूल्यन गरेको यादवले आरोप लगाए। ‘म संग जनता हुँदा हुदै पटक पटक विभिन्न षडयन्त्र हुँदा पनि म पार्टीको लाइनमा अडिग रहेँ।’ यादवले उनले भने, ‘तर अहिले सही समयमा फेरि पार्टी गलत बाटो लागेपछि जनताको निराशा देख्दै यो निर्णयमा पुगेका छौं।’

आफूले सो क्षेत्रमा टिकट पाउने सम्भावना नदेखेपछि उनी एमाले छोडेर जसपामा प्रवेश गरेको र आगामी मंसिर ४ गते जसपाकै तर्फबाट धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा चुनाव लड्ने  तयारी गरेको स्रोतको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.