|

काठमाडौं : नेपाल वायुसेवा निगमले अनलाइन टिकट बुकिङ सेवा सुरु गरेको छ। 

निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङ सुरु गरेको जनाएको छ।

यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेबसाइटबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

निगमले हाल दिल्ली, मुम्बई, बैंगलौर, दुबई, दोहा, हङकङ, क्वालालम्पुर, बैंकक, नारिता र रियादमा आफ्नो उडान सेवा प्रदान गर्दै आइरहेको छ। यस सेवा मार्फत संसारभरका यात्रुहरुलाई निगमको टिकट खरिदमा सहजता मिल्ने निगमको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.