hospital

|

बारा : बाराको सिमरामा बन्ने १५ शैय्याको सुविधा सम्पन्न अस्पताल शिलान्यास गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गर्ने उद्देश्यसहित नेपाल सरकारका स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले शिलान्यास गरेका हुन्।

शिलान्यासपश्चात मन्त्री खापुङले निर्माण कार्यलाई समयमै सम्पन्न गरेर अनेक बाहानामा ढिलो गर्ने परिपाटी अन्त्य गर्न आग्रह गरे। उनले दरबन्दी कायम गर्नका लागि मन्त्रालयले पहल गर्ने बताउँदै देशभर निर्माण हुने १५ शैयासम्मका आधारभूत अस्पतालका लागि मन्त्रालयले आवश्यक जनशक्तिको दरबन्दी कायम गर्न अध्ययन गरिरहेको बताए।

अस्पताल निर्माणका लागि काठमाण्डौंको एचपिसि कन्स्ट्रक्सनसँग उपमहानगरपालिकाले २० करोड ५५ लाखमा कार्य सम्झौता भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने उद्देश्यले निर्माण सुरु गरिएको अस्पताल भवन करिब सात कट्ठा क्षेत्रफल तयार गरिने इन्जिनियर अभयकान्त झाले बताए।

झाका अनुसार सरकारको ससर्त अनुदान अन्तर्गत २० करोड ५५ लाख ३७ हजार ३२८ रुपैयाँको लागत अनुमान गरिएको छ। उपमहानगरभित्र अस्पताल नहुँदा प्रसूति सेवा लिन तथा सामान्य उपचारका लागि पनि स्थानीयवासी वीरगञ्ज, हेटौँडा, भरतपुर र काठमाडौंसम्म पुग्न बाध्य छन्।

डिपिआर अनुसार  अस्पताल भवन ४ तल्लाको रहनेछ जसमा भूँईं तल्लामा ओ.पि.डि., इमर्जेन्सी, प्याथोलोजी, पहिलो तल्लामा प्रसूति गृह, दोस्रो तल्लामा बिरामी भर्ना, अपरेसन कक्ष र तेस्रो तल्लामा प्रशासनिक तथा बैठक कक्ष रहने इन्जिनियर झाले बताएका छन्। अस्पतालमा खाजा घर, सवारी पार्किङ, मनोरञ्जनका लागि पार्कको समेत व्यवस्था गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.