|

काठमाडौं : वर्ल्ड टुरिजम डे को अवसरमा मंगलबारबाट नेपाल टुरिजम एमेच्योर गल्फ च्याम्पियनसिप हुने भएको छ।

राजधानीमा सोमवार नेपाल गल्फ संघले पत्रकार सम्मेलन गरेर मंगलबारबाट आयोजना हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

प्रतियोगितामा ५४ होलको खेल हुनेछ। तीन दिने प्रतियोगितामा नेपाल, बङ्गलादेश, कतार र मलेसियाका ३६ खेलाडीको सहभागिता रहनेछ।

पुरूष र महिलाको टिम प्रतिष्पर्धा पनि हुनेछ। यो वर्ल्ड र्‍याङ्किङ प्रतियोगिता हो। त्यसैले महिला नेपाली गल्फरको लागि वर्ल्ड र्‍याङकिङमा स्थान बनाउने अवसर पनि हो।

नेपाल नम्बर एक गल्फर सुवास तामाङ र अर्का युवा खेलाडी सद्भाव आचार्यले नेपाल टिम ए तथा टसी छिरिङ र वान्चेन ढोन्डुपले नेपाल टिम बीबाट प्रतिष्पर्धा गर्नेछन्।

टिम प्रतिष्पर्धामा बङ्गलादेश र कतारको पनि सहभागिता रहनेछ। महिलातर्फ भने कूल पाँच टिमले प्रतिष्पर्धा गर्नेछन्। यसैगरी प्रत्येक दिन ग्रस विजेता पनि चुनिने गल्फ संघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.