|

काठमाडौं : यो वर्षको मनसुन बाहिरिन अझै केही समय लाग्ने भएको छ। 

मौसमविद् विनु महर्जनले अक्टोबर २ मा बाहिरिनु पर्ने भए पनि यो वर्ष मनसुन केही दिन पछि धकेलिने देखिएको जानकारी दिइन्। मनसुन बाहिरिने मिति पनि अहिलेसम्म यकिन नभएको उनले बताइन्। 

मनसुन कायमै रहे पनि आगामी ३ दिनको मौसम सामान्य रहनेछ। बिहीबारसम्म देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।

मंगलबार बिहान पनि मधेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा  हल्का वर्षा भइरहेको छ। यी प्रदेशहरूमा आज दिउँसो पनि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.