|

काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ। 

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले बताए। 

प्रतिनिधिसभा तर्फको सिट बाँडफाँट लगभग टुंगो लागेपछि कार्यदल प्रदेश सभातर्फ केन्द्रित भएको छ। सोमबारदेखि प्रदेश सभातर्फको बाँडफाँटमा छलफल प्रारम्भ भएको छ। 

प्रदेश सभातर्फ रहेका ३३० सिटमा संघको बाँडफाँटकै अनुपातलाई आधार बनाएर छलफल प्रारम्भ भएको बताइएको छ।

प्रतिनिधिसभामा ८० देखि ८५ सिट कांग्रेसलाई, ४५ देखि ४७ सिट माओवादीलाई, १५ देखि १७ सिट एकीकृत समाजवादी र जनता समाजवादीलाई तथा दुई सिट राष्ट्रिय जनमोर्चालाई दिने लगभग समझदारी भएको छ। तर अन्तिम टुंगो लगाउन भने शीर्ष नेताहरु एक चरण बस्ने कार्यदलका सदस्यहरु बताउँछन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.