|

काठमाडौं : राजधानी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले ३-० गोलको अग्रता लिएको छ। नेपालले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो।

अन्जन विष्टले पहिलो हाफमै ह्याट्रिक गरेपछि नेपालले ३-० को अग्रता लिएको हो। ह्याट्रिक गरेसँगै फरवार्ड अन्जन विष्ट नेपालका लागि अन्तरराष्ट्रिय फुटबलमा ह्याट्रिक गर्ने छैटौं खेलाडी भएका छन्। 

अन्जनले पहिलो हाफको १८औं, २७औं र ३८औं मिनेटमा गोल गरेका थिए। यसअघि नेपालका लागि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.