|

काठमाडौं : नेपाल  नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा नउडाउन आग्रह गरेको छ। 

विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थल आसपासको क्षेत्रमा चङ्गा उडाएको पाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

प्राधिकरणले यस्तो कार्यबाट विमानको सुरक्षामा गम्भीर असर पर्न नसक्ने भएकोले यस्ता कार्य गर्न नगराउन अनुरोध गरेको छ।  यस्तो गतिविधि गरेको पाइएमा कडा कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.