|

सल्यान : राप्ती राजमार्ग अन्तर्गत सल्यान कपुरकोट गाउँपालिका ३ मूलपानीमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने आठैजनाको पहिचान खुलेको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट गाउँपालिका ६ जलवाङ का २१ वर्षीय जितबहादुर बोहोरा, सोही ठाउँका ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन्। 

यस्तै सोही ठाउँका ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। 

दुर्घटनामा कपुरकोट गाउँपालिका ६ जलवाङकै ३५ वर्षीय तिलक ओली घाइते भएका छन्। प्रादेशिक अस्पताल तुलसीपुरमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बिहेको भोजमा सहभागी भएर बाँके कोहलपुरबाट  कपुरकोट गाउँपालिका रिम जाँदै गरेको रा १ ज ५६३ नम्बरको जीप बुधबार बिहान ३:३० बजेतिर  दुर्घटना भएको हो। जिप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिपमा ९ जना सवार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.