|

खोटाङ : ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।

सदरमुकाम दिक्तेलबाट खार्मी जाँदै गरेको ट्र्याक्टरबाट खसेर मंगलबार साँझ खार्मीका ५३ वर्षीय टेकबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 

गाउँमा किनारा पसल गर्दै आएका राई सामान लिन दिक्तेल आएका थिए। दिक्तेलबाट प्र. १.०२.००३ त १४९२ नम्बरको ट्र्याक्टरमा सामान लिएर जाँदै गर्दा सोल्मा डाँडाटोलमा खसेर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो। अस्पताल ल्याउनेबित्तिकै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए।  

बाटो अप्ठेरो भएका कारण गुड्दै गरेको ट्र्याक्टरबाट खसेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रामबालक रायले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.