|

काठमाडौंः दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ। दिपेन्द्र लामाको निर्देशनमा बनेको फिल्मको ट्रेलर मंगलबार युट्युब मार्फत सार्वजनिक गरिएको हो। 

फिल्ममा ‘दुई नम्बरी’ कारोबार गर्ने दुई पात्रको कथा रहेको फिल्मको ट्रेलरले संकेत गरेको छ। जंगली जनावर तथा पशुपंक्षीको शिकार गर्ने पात्रको रुपमा दयाहाङ र सौगात देखिएका छन्। रोमान्स कमेडी ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ र सौगात बाहेक उपासना सिंह ठकुरी, युगेन छोदेन, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले लगायतका कलाकारको अभिनय रहेको छ। 

दिपक मनाङ्गे(राजिब गुरुङ), अमला देवी राई र जयश श्रेष्ठको निर्माणमा बनेको फिल्ममा लेखन पनि निर्देशक लामाकै रहेको छ। फिल्म दशैँको छेको पारेर असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.