|

काठमाडौं :  भिम मगर र मनिषा सुनारको स्वर रहेको दशैँ गीत ‘यसपाली दशैँमा’ सार्वजनिक भएको छ। सन्तोष स्पन्दन र अमृत काउचा मगरको सहलेखन तथा काउचाकै संगीत रहेको गीत मंगलबार युट्युब मार्फत सार्वजनिक भएको हो। 

रोजगारको शिलशिलामा विदेश रहेर दशैँमा स्वदेश फर्कन नपाएको श्रीमान र श्रीमानको पर्खाइमा रहेकी श्रीमतीको संवाद गीतमार्फत देखाइएको छ। रकेट प्रोडक्सनको निर्माण रहेको गीतको एरेन्ज ज्ञानेन्द्र गिरीले गरेका हुन्। 

सार्वजनिक गीतको भिडियोमा आरुषजंग सारु र समृद्धि श्रेष्ठको मुख्य भूमिका रहेको छ भने अमृत काउचा मगर, भिम मगर, इशा लामा, कौशल के नेपाल, स्मृती लामालगायतका कलाकारको पनि अभिनय रहेको छ। सहलेखक काउचाको निर्देशनमा बनेको भिडियोका छायांकार दिनेश उपाध्याय हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.