|

नाइजेरियामा आएको भीषण बाढीमा परेर कम्तीमा पनि २३ जनाको ज्यान गएको छ। साथै सो बाढीका कारण अरु कम्तीमा पनि एक लाख १६ हजार जना विस्थापित भएका छन्। यस वर्षको मनसुनी वर्षाका कारण ती नागरिक विस्थापित हुन पुगेका छन्।

उद्धार अधिकारीहरूले यहाँका नागरिक बाढीबाट धेरै विस्थापित हुन पुगेका र उनीहरूको पुनर्स्थापनाको पहल भइरहेको बताएका छन्। नाइजेरियाको मध्य प्रान्त बेन्युमा बाढीले बढी मात्रामा क्षति पुगेको जनाएको छ।

सो प्रान्तमा मे महिनादेखि नै बढीको प्रकोप सुरु भएको र यसमा परेर ठूलो मात्रामा भौतिक क्षति पुगेको पनि यहाँका अधिकारीहरूले जानकारी दिएका छन्।

यो प्रान्तका प्राकृतिक विपद् व्यवस्थापनसम्बन्धी विभागका प्रमुख इमानययल सिसोरले उक्त प्रान्तमा दशौँ हजार जना विस्थापित भएका र उनीहरूको पुनर्स्थापनाको काम निकै नै चुनौतीपूर्ण भएको बताएका छन्।

यहाँका सयौँ हेक्टर जमिनमा लगाइएको बाली पनि बाढीले नष्ट गरिदिएकाले यहाँका नागरिकहरूलाई बासका साथै खाद्यान्नको पनि आवश्यकता परेको बताइएको छ। अधिकारीहरूले बाढीले यहाँका करिब पाँच हजार घर भत्काइदिएकाले दशौँ हजार नागरिक अस्थायी शिविरमा बस्दै आएका पनि जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.