|

चौतारा : सिन्धुपाल्चोकको सुनकोसी, भोटेकोसी, ब्रह्मायणी, इन्द्रावती, झ्याँडीलगायतका नदीमा बम, विष र करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि माछा लोप हुने स्थितिमा पुगेको छ।

जलस्रोत ऐनमा बम, विष र करेन्ट लगाएर माछा मार्न नपाइने गरी बन्देज लगाइएको छ। बम, विष र करेन्ट प्रयोग नगर्न प्रशासनले ठाउँठाउँमा होर्डिङ बोर्ड राखी कारबाही गर्ने चेतावनी दिएको पनि पाइन्छ तर न माछा मार्ने काम रोकिएको छ, न त कुनै कारबाही नै।

केही वर्षदेखि माछा मार्न १२ भोल्टको ब्याट्री प्रयोग गर्ने गरेकाले सबै किसिमका जलचर प्राणी सखाप भएको साँगाचोकका केशव गिरीले बताए।

यस्ता कार्यमा संलग्न व्यक्तिउपर खबर गरे कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले बताए।

बम, विष र करेन्ट लगाउने चलन बढेकाले झ्याँडी खोलामा माछा मात्र होइन कीरासम्म देखिन छाडेको कुञ्चोकका यमबहादुर आचार्य बताउँछन्।

यस्ता कार्यमा आसपासका बासिन्दा संलग्न हुँदै आएको भीमटारका सीताराम दनुवार बताउँछन्।

माछा मार्नका लागि प्रयोग गरिने जाल, खुङ्गा, पासो, धिमिरेजस्ता परम्परागत प्रविधि झन्झटिलो र धेरै मेहनत गर्नुपरेकाले पछिल्ला वर्षमा बम पड्काउने, विष हाल्ने र करेन्ट लगाउने जस्ता कार्य हुँदै आएको दनुवारले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.