|

चितवन : डेंगु संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको मृत्यु भएको हो। 

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । उपचारका क्रममा चितवन मेडिकल कलेजमा उनको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए।  

यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म ७४३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। उनीहरुमध्ये ४५९ चितवनका हुन्।

बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.