|

काठमाडौं : नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ। 

नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी  र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतीत-पत्र, निक्षेपलगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी विषयमा सहकार्य हुनेछ। 

हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले नेपालको पहिलो र  गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउँदा निकै नै गर्वको अनुभूति भैरहेको धारणा व्यक्त गरे ।

उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुद हुँदै जाने विश्वास समेत व्यक्त गरे। नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका दुई संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित भएको बताए।

नेपाल बैंकले देशभर २१९ शाखा, १८६ एटिएम र ४९ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.