|

काठमाडौं : बिहीबार देशभर ४५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणमा ४५ जना संक्रमित भेटिएका हुन्। 

यही अवधिमा ७० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ९ जना आइसियूमा‚ ३६ जना संस्थागत आइसोलेशनमा र १ हजार ४१ जना होम आइसोलेशनमा रहेका छन्। 

काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ। काठमाडौंमा ४३३ जना ललितपुरमा १४१ जना र भक्तपुरमा २१ जना सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.