|

दाङ : बितेको ३ वर्षमा लुम्बिनी प्रदेशमा करिब ४ हजार जनाले आत्महत्या गरेका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी आत्महत्या गर्नेमा रूपन्देहीका रहेका छन्। मानसिक, यौनिक, शारीरिक, सामाजिक, आर्थिक यातनालगायतका कारणले आत्महत्या गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेशका १२ जिल्लाहरूमा ३ वर्षको अवधिमा ३ हजार ९७५ जनाले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १ हजार २३३ जना, आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ४०८ जना र आर्थिक वर्ष २०७८/०७९ मा १ हजार ३३४ जनाले आत्महत्या गरेका छन्।

प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा रूपन्देहीमा मात्रै २६७ जनाले आत्महत्या गरेका छन्। त्यसैगरी दाङमा २१४, कपिलवस्तुमा १६६ जना, बर्दियामा १६१ जना, पाल्पामा ७५ जना, गुल्मीमा ७१ जना, रोल्पामा ७३ जना, प्युठानमा ६८ जना, अर्घाखाँचीमा ५९ जना, बाँकेमा ५८ जना र रुकुममा १२ जनाले आत्महत्या गरेका छन्।

दाङमा आर्थिक वर्ष २०७६/०७७ देखि अहिलेसम्म ७१२ जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्षको दोस्रो महिना सकिँदा जिल्लामा ७१२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी  कार्यालय दाङले जनाएको छ। प्रहरीका तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/०७७ मा २२४, आर्थिक वर्ष २०७७/०७८ मा २३८ र आर्थिक वर्ष २०७/०७९ मा २१४ जनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्ने  उमेर समूहमा विशेषगरी १५ देखि ४९ वर्षका व्यक्ति बढी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिए। गत आर्थिक वर्षमा जिल्लामा आत्महत्या गर्नेको सङ्ख्यामा कमी भएको उनको भनाइ छ। यस्तै आत्महत्या झुन्डिएर, विष सेवन, हाम फालेर, हात हतियार प्रयोग, घाँटी रेटी, आगो लगाइ लगायत विभिन्न किसिमबाट गर्ने गरेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.