|

दाङ : दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक सिकिस्त भएका छन्। घाइते हुनेमा घोराही उपमहानगरपालिका-१७ बस्ने ३४ वर्षीय भूपबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बिहीबार बिहान करिब ९ बजेतिर घोराही-१९ च्यानगैरा भन्ने ठाउँमा घोराही–होलेरी सडकखण्डमा रोल्पाको होलेरीबाट दाङको घोराहीतर्फ आउँदै गरेको एम्बुलेन्स रा १ च ६९२ नम्बरको एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी राजनकुमार गौतमले जानकारी दिए।

उनका अनुसार एम्बुलेन्स सडकदेखि करिब २० मिटर तल खसेर दुर्घटना हुँदा चालक वलीको टाउकोमा गम्भिर चोट लागेको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.