|

सोलुखुम्बु : सोलुखुम्बुमा ग्रामीण विद्युतीकरणका लागि साढे १ अर्ब भन्दाबढीको टेन्डर आव्हान भएको छ।

जिल्लाको विद्युतीकरणका लागि १ अर्ब ५९ करोड ७२ लाख बराबरको टेन्डर आव्हान भएको भएको सोलुखुम्बुका निवर्तमान संघीय सांसद हेम कुमार राईले जानकारी दिए।

जिल्लाको विद्युतीकरणका लागि विनियोजित बजेट बराबरको टेण्डर बिहीवार आव्हान भएको हो। यो टेण्डर प्रक्रिया पूरा भएसँगै १८ महिनाभित्र ‘उज्यालो सोलुखुम्बु अभियान’ ले पूर्णता पाउने उनको सचिवालयले जनाएको छ।

त्यसयता ग्रामीण विद्युतीकरण अन्तर्गत करोडौँका काम सम्पन्न भएका छन्। सोलु करिडोर आयोजनामार्फत हालसम्म ४ हजार भन्दा बढी घरमा राष्ट्रिय प्रसारण लाई जडान भएको छ भने देउसा र खुम्बुमा ३३ के.भी. सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढेको सचिवालयको भनाई छ।

जिल्लालाई पूर्ण विद्युतीकरण कार्यक्रममा समावेश गरी इतिहासमै सबैभन्दा बढी बजेट विनियोजन गर्न सफल भएको दावी गर्दै उनको पूर्व उर्जामन्त्री वर्षमान पुन, उर्जा मन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई धन्यवादसमेत व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.