|

बारा : एकीकृत समाजवादी पार्टी पतनको बाटोमा हिँडेको भन्दै मधेस प्रदेशका दुई सांसदसहित ११ जना नेता नेकपा एकीकृत समाजवादी त्यागेर नेकपा एमाले फर्किएका छन्।

भक्तपुर बालकोटस्थित एमालेको केन्द्रीय कार्यालयमा विहीबार आयोजित कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका हुन्।

उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए। पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले बाटो बिराएर केही समय अन्यत्र रहेपनि पुनः फर्किने निर्णय लिएकोमा खुशी व्यक्त गर्दै पार्टीको काममा सक्रिय भएर लाग्न निर्देशन दिएका थिए।

एमाले फर्किनेमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश प्रमुख सचेतक एवं जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, निवर्तमान प्रदेश सभा सदस्य एवम् केन्द्रीय निर्वाचन आयोगका सदस्य सीता गुरुङलगायत रहेका छन्। विश्वकर्मा बारा क्षेत्र नं. ४(क) बाट निर्वाचित प्रदेश सांसद र गुरुङ मधेस प्रदेशको निवर्तमान समानुपातिक सांसद हुन्।

उनीहरुसँगै नेकपा एकीकृत समाजवादी बाराका ११ जना प्रभावशाली नेताहरु एमाले फर्किएका छन्।

एमाले फर्किएका अन्यमा केन्द्रीय परिषद सदस्य कौशल किशोर सिंह, महेश विश्वकर्मा, मधेस प्रदेश कमिटी सदस्य दशरथ राम, विद्या थापा, मिन रहपाल, जिल्ला कमिटी सदस्य मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम र मुक्ति सहनी रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.