|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आगामी मंसिर ४  गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन क्षेत्रको बाँडफाँट टुंग्याएको दाबी गरेको छ। तर गठबन्धनले औपचारिक रुपमा भने केही बोलेको छैन। 

लामो समयदेखिको बैठक र गृहकार्यपछि निर्वाचन क्षेत्रको टुंगो लगाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको हो।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने छ। 

‘लामो गृहकार्य र बैठकपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको छ,’ मल्लले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइनेछ।’

गठबन्धनमा कांग्रेसले ८६, माओवादीले ४६, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको छ।  तर १६५ मध्ये ९ निर्वाचन क्षेत्रमा दलहरुले दोहोरो दाबी गरेका कारण तालमेल टुंगिन बाँकी रहेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.