|

सुर्खेत : कर्णाली प्रदेशभर ५४१ जना डेंगु संक्रमित भएका छन्। सबैभन्दा बढी सुर्खेतमा ४२२ जना संक्रमित छन्। 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना संक्रमित छन्।

यस्तै रूकुम पश्चिममा १८, हुम्ला र डोल्पामा एक–एक जना संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेंगु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिए।

सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेंगु संक्रमणको ‘रेड जोन’मा छ। वीरेन्द्रनगरमा हालसम्म दुई सयभन्दा बढी संक्रमित छन्।

प्रदेश अस्पतालका डा. केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.