|

काठमाडौं : शुक्रबार देशभर ६३ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यस समयमा २५३५ जनमा गरिएको परिक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो। 

आज १०३ जना संक्रमित संक्रमणमुक्त भएका छन। यस्तै हाल देशभर १००४ जना सक्रिय संक्रमित रहेका छन। सक्रिय संक्रमित मध्ये ९ जना आइसियुमा ३६ जना संस्थागत आइसोलेशनमा र ९६८ जना होम आइसोलेशनमा रहेका छन। 

यस्तै काठमाडौं उपत्यकामा पनि कोभिडका संक्रमित घट्दै गएका छन। हाल काठमाडौंमा ४१४ जना ललितपुरमा १२६ र भक्तपुरमा १८ जना संक्रमित रहेका छन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.