|

काठमाडौं : दिपेन्द्र के खनालको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा फिल्मका पात्रहरूले काठमाडौंमा आफ्नो घर बनाउनका लागि गरिएको संघर्ष देखाइएको छ। कमेडी ड्रामा जनरामा बनेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउतलगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

फिल्म कमेडी जनरामा बनेको भए पनि काठमाडौंमा डेरा गरेर बस्नेहरूको कथा भनिएको र यसमा घरवालाहरूको पनि कथा रहेको निर्देशक खनालले बताएका छन्। सिंगे लामाको कथामा बनेको फिल्मको पटकथा एवं संवाद महेश दवाडीले लेखेका हुन् भने शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जनको संयुक्त निर्माणमा फिल्म बनेको हो।

फिल्म तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.