|

इलाम : इलामको माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोला पुलमा बेवारिसे शव फेला परेको छ।

अपराह्न १ बजेको समयमा माङ्सेबुङ–१ र देउमाई नगरपालिका–५ जोड्ने पुलको मध्य भागमा पहेँलो टिसर्ट र कालो पाइन्ट लगाएका अन्दाजी ५० बर्ष हाराहारीका व्यक्ति मृत फेला परेका हुन्।

हालसम्म शवको आफन्त तथा शवको ठेगाना खुल्न नसकेको देउमाई नगरपालिका–५ का वडासदस्य कैलाश श्रेष्ठले जानकारी दिए। थप अनुसन्धान इलाका प्रहरी कार्यालय मंगलबारेले गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.