|

बैतडी : बैतडीको पाटनमा जारी दोश्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुला  क्रिकेट प्रतियोगिताको उपाधिका लागि ग्वाल्लेक क्रिकेट क्लब र  भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) भिड्ने भएका छन्।

उपाधि भिडन्त शनिबार बिहान ११ बजे श्रीकृष्ण माविको खेलमैदानमा हुनेछ।

शुक्रबार भएका सेमिफाइनल चरणमा बिडिपिआइले पिसिसि पल्टनलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको हो।

ग्वाल्लेक क्रिकेट क्लबले पाटन स्टारलाई पराजित गरेर उपाधि नजिक पुगेको हो।

प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए। उपविजेता टोलीले ५५ हजार ५५५ नगदसहित प्रमाणपत्र हात पार्नेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कार स्वरूप ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ। वेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिनेछ। पाटन क्रिकेट क्लबको आयोजनामा शुरू भएको प्रतियोगितालाई पाटन नगरपालिकाले प्रायोजन गरेको हो। यस्तै बैतडी युवा समाज र पाटन स्टार युवा क्लबको सहकार्य रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.