|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणका लागि घरपरिवारदेखि राज्य तहसम्मका सबै संयन्त्र र संरचना सहयोगी रहनुपर्ने बताएका छन्।

३२औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुर्व्यवहार हुन नदिन सचेत रहनुपर्ने बताएका छन्। 

उनले उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री देउवाले उनीहरूलाई प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको उल्लेख गरेका छन्।

‘परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्ता समेतमा हस्तान्तरण गर्न आवश्यक छ’, प्रधानमन्त्री देउवाको शुभकामना सन्देशमा उल्लेख छ।

 उनले सम्पूर्ण  ज्येष्ठ नागरिकमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.