|

पाकिस्तान भ्रमणमा रहेको इंग्लिस टिमले छैटौँ टी–२० खेलमा जित हात पारेपछि ७ खेलको टी–२० सिरिज ३–३ को रोमाञ्चक मोडमा पुगेको छ। अब सिरिजको टुंगो आइतबार लाहोरमा हुने अन्तिम खेलले गर्नेछ।

लाहोरमा टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पहिलो ब्याटिङ गर्दे ६ विकेट गुमाएर १६९ रन बनायो। जवाफमा इंग्ल्याण्डले उक्त लक्ष्य १४.३ ओभरमा नै २ विकेट गुमाएर पूरा गर्दै सिरिजलाई बराबरीमा ल्यायो।

घरेलु टोली पाकिस्तानका लागि कप्तान बाबर अजामले सानदार ब्याटिङ गरे पनि अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। अजामले ५९ बलमा ७ चदका र ३ छक्काको सहयोगमा ८७ रनको अविजित इनिङ खेलेका थिए। त्यस्तै इफ्तिखर अह्मेदले ३१ रन बनाउँदा हैदर अलीले १८ रन जोडे। थप दोहोरो स्कोरका रूपमा मोहम्मद नवाजले १२ रन रह्यो।

१ ७० रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको इंग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै ३३ बल अगाडिनै लक्ष्य पूरा गर्‍यो । उसका लागि ओपनर फिल साल्टले विस्फोटक ब्याटिङ गरे। उनले ४१ बलमा १३ चदका र ३ छक्काको सहयोगमा ८८ रनको अविजित इनिङ खेले।

त्यस्तै एलेक्स हेल्सले २७ तथा डेभिड मलानले २६ रन बनाउँदा बेन डुकेटले २६ रनको अविजित इनिङ खेले। पाकिस्तानका लागि सादव खानले २ विकेट लिएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.