|

पश्चिम अफ्रिकी देश बुर्किना फासोमा फेरि सैन्य ‘कू’ भएको छ। गएराति त्यहाँका एक सैन्य कमाण्डरले राष्ट्रपति लेफ्टिनेन्ट कर्नेल पल हेनरी दामिबालाई पदबाट हटाएको घोषणा गरेका छन् । 

सैन्य कमाण्डर इब्राहिम ट्रोरेले त्यहाँको राष्ट्रिय टेलिजिभनबाट सम्बोधन गर्दै लेफ्टिनेन्ट कर्नेल आतंकवाद नियन्त्रणमा असफल भएको भन्दै पदबाट हटाइएको घोषणा गरेका हुन्। उनले देशका सीमाहरू अनिश्चितकालका लागि बन्द गरिएको र सबै राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

यसै वर्षको जनवरीमा लेफ्टिनेन्ट कर्नेल पल हेनरी दामिबाले सरकारले इस्लामवादी हमला रोक्न असफल भएको भन्दै निर्वाचित सरकारविरुद्ध कू गरेका थिए। तर दामिबा नेतृत्वको प्रशासन पनि जिहादी हिंसा रोक्न असफल बनेको थियो।

सोमबार मात्रै आतंकवादीहरुको आक्रमणमा उत्तरी बुर्किना फासोमा ११ सैनिक मारिएका थिए । यसअघि गत हप्ताको शुक्रबार राजधानीमा विस्फोटका आवाज सुनिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.