|

धादिङ : जिल्ला सदरमुकाम धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै ना ४ ख ८०४१ नम्बरको ट्रक आज दिउँसो सडकमा पल्टिएर दुर्घटना अन्य ८ जना घाइते भएका छन्।

मृत्यु हुनेहरूमा कपिलवस्तुका अन्दाजी ३५ वर्षका इन्द्रजीत पासी र २५ वर्षका सव्दाम अन्सारी रहेका जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर दिनेश रेग्मीले जानकारी दिए।

उनका अनुसार अन्य घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवका लागि स्टलको सामान लिएर जाँदै गरेको ट्रक मोडमा पल्टिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.