|

काठमाडौं :  विवेकशील साझा पार्टीले विवादास्पद र घातक दस्तावेज 'विचार भन्दा माथी' देश खारेज गरेको छ। 

शुक्रवार वसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति शुरु भएको र त्यसले  पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए।

 बैठकले सो दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय गरेको छ।

विवेकशील साझा पार्टीको हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु पार्टी हित विपरितको गतिविधिमा प्रत्यक्ष संलग्न रहेको पाईएको भन्दै बैठकले पार्टी नीति तथा हित विपरित गतिविधिमा  संलग्न भएका नेताहरूलाई तत्कालै  स्पष्टीकरण सोध्ने र आवश्यक कदम चाल्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले पार्टी भित्र देखा परेको  वैचारिक असहमतिका कारण विगत देखिनै राजीनामा दिएका, असन्तुष्ट भएर निश्कृय रहेका र वैचारिक संघर्षमा सम्मिलित पार्टीका सम्पूर्ण नेता तथा सदस्यहरुलाई  विवादास्पद दस्तावेज 'विचार भन्दा माथि देश' खारेज गरिसकिएकाले पार्टीमा पुन: सकृय हुन, पार्टी निर्माणसँगै आसन्न निर्वाचनमा होमिन हार्दिक अपील गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.