काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।
अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।
अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।
यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो। अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।