|

काठमाडौं : गोरखा दरबारस्थित दशैँघरबाट ल्याइएको फूलपाती काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको छ। 

गोर्खा दरबारबाट विधिपूर्वक पूजाअर्चना गरी आज बिहान ७ बजेर १० मिनेटको शुभ साइतमा फूलपातीसहितको डोली काठमाडौँका लागि पठाइएको थियो।

गोर्खा दरबारबाट फूलपातीको डोली बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा हनुमानढोका पठाइएको थियो।

गोर्खाबाट पठाइएको फूलपाती हनुमानढोका ल्याईपुर्‍याएपछि हर्षबढाइँका साथ हनुमानढोकाको दशैँघरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ।

यसरी भित्र्याइयो हनुमानढोकाको दशैँघरमा फूलपाती (तस्वीरमा):

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.