|

काठमाडौं : पाहुना टोली इङ्ल्याण्डले पाकिस्तानविरुद्धको टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ। 

गएराति लाहोरमा भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले पराजित गर्दै इङ्ल्याडले ७ खेलको टी–ट्वेन्टी ४–३ ले जितेको हो। अन्तिम खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्याण्ड पाकिस्तानविरुद्ध २ सय १० रनको लक्ष्य दिएको थियो। 

पाकिस्तानले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १ सय ४२ रन मात्रै बनाउन सक्यो। पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धसतकीय इनिङ्स खेल्दा खुशदिल शाहले ३७ रन जोडे। इङ्ल्याण्डका क्रिस वोक्सले ३ तथा डेभिड विलिले २ विकेट लिए। 

त्यसअघि इङ्ल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो। इङ्ल्याण्डका लागि डेभिड मालनले नटआउट ७८ रनको अर्धसतकीय इनिङ्स खेल्दा ह्यारी ब्रुकले ४६ रन जोडे। बेन डुकेटले ३० तथा फिल साल्टले २० रन जोडे। पाकिस्तानका मोहम्मद हस्नेनले १ विकेट लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.